नियम ११
संस्था वा सङ्घको वर्गीकरण
: (१) विषयगत आधारमा संस्था वा सङ्घको वर्गीकरण देहाय बमोजिम हुनेछ :-

(क) उत्पादक संस्था वा सङ्घ : कृषि, दुग्ध, चिया, कफी, उखु, जुनार, सुपारी, जडीबुटी, बीउबिजन, मौरीपालन, तरकारी तथा फलफूल, पशुपन्छीपालल र माछापालन विशेषका विषयगत र अगुवावाली एवम्‌ उत्पादनको योजना समेतका आधारमा अन्य उत्पादनमूलक संस्था वा त्यस्ता संस्थाहरूको हित प्रवर्द्धनका लागि गठन भएका सङ्घ । (ख) उपभोक्ता संस्था वा सङ्घ : उपभोक्ता भण्डार, विद्युत्‌, सञ्चार र स्वास्थ्य विशेषका बिषयगत र प्राथमिक आवश्यकता एवम्‌ सेवाको योजनासमेतका आधारमा अन्य उपभोगजन्य संस्था वा त्यस्ता संस्थाहरूको हित प्रवर्द्धनका लागि गठन भएका सङ्घ ।

(ग) वित्तीय संस्था वा सङ्घ : बचत तथा क्रणको मात्र कारोबार गर्ने संस्था वा त्यस्ता संस्थाहरूको हित प्रवद्धनका लागि गठन भएका सङ्घ ।

(घ) श्रमिक संस्था वा सङ्घ : हस्तकला, खाघ परिकार, गैरखाद्य औच्योगिक उत्पादन, भोजनालय र श्रम करार विशेषका विषयगत र सीप बा श्रमको बिशेषता एवम्‌ स्वरोजगारीको योजना लगायत अन्य श्रममा आधारित संस्था वा त्यस्ता संस्थाहरूको हित प्रवर्द्धनका लागि गठन भएका सङ्घ ।

(ङ) बहुउद्देश्यीय संस्था वा सङ्घ : उत्पादन, उपभोग, वित्तीय र श्रम वा सीपमा आधारित स्वरोजगारीका सेवासमेत सञ्चालन गर्ने बहुउद्देश्यीय संस्था वा त्यस्ता संस्थाहरूको हित प्रवर्द्धनका लागि गठन भएका सङ्घ । (२) उपनियम (१) को खण्ड (क), (ख) र (ग) मा उल्लिखित विषयमा विशिष्टीकरण; आम प्रचलन र अभ्यासको विकासक्रमसमेतको आधारमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी थप विषय तोक्न सक्नेछ । (३) सङ्घको बर्गीकरण देहाय बमोजिम हुनेछ :-

(क) उपनियम (१) को खण्ड (क), (ख), (ग) र (घ) मा उल्लिखित विषय विशेषका विषयगत जिल्ला, प्रदेश र केन्द्रीय सङ्घहरू,

(ख) उपनियम (१) को खण्ड (ङ) मा उल्लिखित बहुउद्देश्यीय जिल्ला, प्रदेश र केन्द्रीय सङ्घ,

(ग) जिल्ला र प्रदेश सहकारी सङ्घहरू,

(घ। विशिष्टीकृत सङ्घहरू र

(ङ) राष्ट्रिय सहकारी महासङ्घ ।

तर यसमा लेखिएको कुनै कुराले प्रारम्भिक तहमा उपनियम (१) बमोजिम अन्य संस्थाहरू गठन गर्न बाधा पर्नेछैन । (४) सहकारी बैङ्कको वर्गीकरण नेपाल राष्ट्र बैङ्कले तोके बमोजिम हुनेछ ।